सरकारविरुद्ध सडकमा प्रदर्शन गर्ने राप्रपाको निर्णय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध सडकमा प्रदर्शन गर्ने निर्णय गरेको छ । सरकार गठन भएको पाँच महिना बित्दा पनि सरकारले काम गर्न नसकेको भन्दै राप्रपाले खबरदारी सभा गर्ने निर्णय गरेको हो ।
सरकारको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै राप्रपाले असफलताउन्मुख सरकारविरुद्ध खबरदारी सभा गर्ने जनाएको छ । मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकपछि राप्रपाले विज्ञप्तिमार्फत पुस र माघमा सरकारविरुद्ध प्रदेश, जिल्ला र स्थानीय तहमा खबरदारी सभा गर्ने निर्णय गरेको छ।









