image
image
सहकारी ठगी प्रकरणः सभापति लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस

सहकारी ठगी प्रकरणः सभापति लामिछानेविरुद्ध अदातलमा अभियोगपत्र पेस


काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेश गरिएको जानकारी दिइन् । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ । जिल्ला अदालत कास्कीले अभियोग पत्र पेश भइसकेको र अध्ययन गर्ने क्रम चलिरहेको जानकारी दिएको छ ।

सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध पनि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा दर्ता गर्ने तयारी छ । उनलाई आज बिहान जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब विगो मागदावी गर्नुपर्ने राय छ । सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो ।

पोखराको सूयदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। उनिमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।