image
image
पुष्पाः२ ले १० दिनमा नै तोड्यो  ‘जवान’ को रेकर्ड

पुष्पाः२ ले १० दिनमा नै तोड्यो ‘जवान’ को रेकर्ड

काठमाडौं । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’को गति बक्स अफिसमा रोकिने संकेत देखिएको छैन । चलचित्रले स्वदेशमा मात्रै नभई विदेशमा पनि ठुलो नाफा कमाइरहेको छ । यो चलचित्रले रिलिज पश्चात कैयौं रेकर्ड बनाउन सफल भइसकेको छ । जुन क्रम अझै जारी रहेको छ ।

अब ‘पुष्पा २ः द रुल’ ले शाहरुख खानको ‘जवान’ को रेकर्ड पनि तोडेको छ । ‘पुष्पा २ः द रुल’ ले हालसम्म विश्वभर कति करोड रुपैयाँको व्यापार गरेको छ ।

व्यापार विश्लेषक मनोबाला विजय बलनले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मा ुपुष्पा २ः द रुलु को पछिल्लो विश्वव्यापी संग्रहको बारेमा जानकारी दिएका छन्। एक पोस्ट गर्दै उनले अल्लु अर्जुनको फिल्मले १० औं दिन विश्वभर ८२.५६ करोड कमाएको बताए । र हालसम्म फिल्मको विश्वव्यापी कलेक्सन १२१८.४१ करोड रहेको छ ।

अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ ले शाहरुख खानको सबैभन्दा धेरै कमाउने फिल्म ‘जवान’ को लाइफ टाइम कमाईको रेकर्ड पनि तोडेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार सन् २०२३ मा रिलिज भएको ‘जवान’ ले विश्वभर ११४८.३२ करोड रुपैयाँ कलेक्सन गरेको थियो । ‘पुष्पा २ः द रुल’ ले प्रदर्शनको १० औं दिनमा जवानको यो कलेक्शन रेकर्ड तोडेको हो ।

पुष्पा २’ को विश्वव्यापी संग्रहः

पहिलो दिनः २८२.९१ करोड
दोस्रो दिनः १३४.६३ करोड
तेस्रो दिनः १५९.२७ करोड
चौथो दिनः २०४.५२ करोड
पाँचौं दिनः १०१.३५ करोड
छैटौं दिनः ८०.७४ करोड
सातौं दिनः ६९.०३ करोड
आठौं दिनः ५४.०९ करोड
नवौं दिनः ४९.३१ करोड
दशौं दिनः ८२.५६ करोड

कुलः १२१८.४१ करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।