image
image
खेलबाट पनि जीविकोपार्जनको महत्वपूर्ण आधार तय गर्न सकिन्छ : सभामुख घिमिरे

खेलबाट पनि जीविकोपार्जनको महत्वपूर्ण आधार तय गर्न सकिन्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले खेल खेलको महाविद्यालय अथवा विश्वविद्यालयहरु सम्म बनाउने दिशामा लाग्ने काम सुरु भएको बताएका छन् ।  शनिबार काठमाडौंमा आयोजित नेपाल विद्यालय खेलकुद महासंघको महासभालाई सम्बोधन गर्दै उनले खेललाई राज्यले प्राथमिकताका साथ लिनुपर्ने भन्दै सरकार त्यो दिशामा लागेको बताएका हुन् । 

उनले भने, ‘खेल क्षेत्रबाट राष्ट्रलाई चिनाउनको लागि, प्रतिभालाई अगाडि लानको लागि र खेलबाट पनि जीविकोपार्जनको महत्वपूर्ण आधार तय गर्न सकिन्छ, खेल जीवनको लागि महत्वपूर्ण हुन्छ र खेललाई राज्यले त्यही प्राथमिकताका साथ लिनु पर्छ । शिक्षामा राख्नुपर्छ, खेलको महाविद्यालय अथवा विश्वविद्यालयहरु सम्म बनाउनु पर्छ । यस दिशामा लाग्ने काम सुरु भएको छ ।’ यसको साथै, उनले खेलले जीविकाको आधार बनाउन सक्छ भन्ने विश्वास जगाउनुपर्ने अवस्था रहेको भन्दै यो कुराहरुलाई संस्थागत रुपबाट विकास गर्ने तर्फमा विद्यालय क्षेत्रलाई खेलकुदको महत्वपूर्ण थलो बनाएर अगाडि बढ्नुपर्ने बताए ।  

उनले भने, ‘खेलकुदमा लागेर छोराछोरीहरु बिग्रिन्छन् भन्ने अभिभावकहरुको चिन्ताबाट बच्चाहरु खेलीदिए हुन्थ्यो भन्ने अवस्थामा लानुपर्ने एउटा परिस्थिती छ । यस्तो अवस्था ल्याउनको लागि यो संस्थाले महत्वपूर्ण भूमिका खेल्ने छ । अहिले खेलकुद सबैले सिक्नुपर्ने अनिवार्य विषय रहेछ, यसबाट नाम राख्नुको साथै जीविकाको आधार बनाउन सक्ने रहेछ भन्ने कुराको ज्ञान भर्खर हामी पाउँदैछौं । हामीले यो कुराहरुलाई संस्थागत रुपबाट विकास गर्ने तर्फमा विद्यालय क्षेत्रलाई खेलकुदको महत्वपूर्ण थलो बनाएर अगाडि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।