image
image
‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक छ : मन्त्री शाही

‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक छ : मन्त्री शाही

काठमाडौं । वनतथावातावरण मन्त्रीऐनबहादुर शाही ठकुरीले वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजितवातावरणीय मानवअधिकार रक्षाको दोस्रो सम्मेलनमाबोल्दै उनले जाडो बढेसँगै वायु प्रदुषण पनि बढ्दै गएको भन्दै मोटरगाडीहरुको सङख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने बताए । 

उनले भने,‘पहिलो कुरा हामीले देशको वायु प्रदुषणको श्रोत पहिचान गरी नियन्त्रणमा निगरानी राख्नआवश्यक छ । विशेषगरी मोटरगाडीहरुको सङख्या र इन्धनको गुणस्तरलाई नियमन गर्नुपर्ने छ । जलवायु प्रदुषण र वायु प्रदुषणको असर आजको मात्रनभएर भविष्यको पुस्ताको लागिपनि महत्वपूर्ण छ । त्यसैले हामीले आजै देखि यस विषयमागम्भिर कदमचाल्नुपर्ने छ । जसले हाम्रो पर्यावरण र जनस्वास्थ्यलाई बचाउ गर्न सकिने छ ।’

उनले सरकारले सार्वजनिकवातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदमचाल्ने योजना अगाडि बढाएको पनिबताए । उनले भने,‘सरकारले सार्वजनिकवातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदमचाल्ने योजनाहरु अगाडि बढाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।