image
image
आज संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै, यस्ता मुख्य छन् एजेण्डा

आज संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै, यस्ता मुख्य छन् एजेण्डा


काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत दुई समिति र राष्ट्रिय सभा अन्तरगत एक समितिको बैठक बस्दैछ । बिहिबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागिएको हो भने राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

यस्तै, आज राज्य व्यवस्थापन समितिको बैठक कानून समितिको सभाकक्षमा हुदैँ छ भने बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता माननीहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १२ः१५ बजे बस्दैँछ ।  त्यसैगरि, शिक्षा समितिको बैठकमा औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्दैछ । 

यस्तै, प्रत्यायोजित विधायन समितिको बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्न लगिएको छ भने सम्बन्धित सरोकारवाला विभागका महानिर्देशकहरुसँग राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । बैठक दिनको १२ः३० बजे बस्दैँछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।