image
image
श्रम मन्त्रालय रोजगार महाशाखा स्थापनाको तयारीमा छ : श्रममन्त्री भण्डारी

श्रम मन्त्रालय रोजगार महाशाखा स्थापनाको तयारीमा छ : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय अन्तरगत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको जानकारी दिएका छन् । बुधबार काठमाडौंमा आयोजित रोजगार प्रवद्र्धन गर्ने अभिप्रायले सरोकारवाला तथा रोजगारदाताहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीको लागि महाशाखा, बोर्ड र विभाग भएपनि आन्तरिक रोजगारीको लागि केही व्यवस्था नभएको भन्दै आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको बताए । 

उनले भने, ‘विशेषगरि रोजगारीको क्षेत्रमा हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार विभाग छ, वैदेशिक रोजगार बोर्ड छ । तर आन्तरिक रोजगारको बारेमा कही केही छैन् । त्यो कसले हेर्ने, त्यसकारण अहिले मन्त्रालयको संरचनाको बारेमा छलफल गर्दैछौ । मन्त्रालय अन्तरगत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्दैछौ । यसले मुलुकभित्रका रोजगारीको सम्भावनाहरुलाई प्रवद्र्धन गर्ने, त्यसलाई अगाडि बढाउने काम गर्छ ।’ यस्तै, सरकारले रोजगारी नदिएपनि रोजगारीको प्रमुख स्रोत नीजि क्षेत्र नै भएको बताए ।

उनले भने, ‘सबैलाई थाहा भएको कुरा हो सरकारले रोजगारी दिने होइन । सरकारले सुविधा मात्र दिने हो । रोजगार भनेको रोजगारदाताले नै दिने हो । रोजगारदाता भनेको संसारभर नीजि क्षेत्र नै हुन्छ । प्रत्येक ७ सय ५३ वटा पालिकामा रोजगार सेवा केन्द्र स्थापना गरेका छौ ।’ वैदेशिक रोजगार रोक्न नसक्ने अवस्थामा यसलाई मर्यादित् र सुरक्षित गर्ने कुरामा पनि ठूलो समस्या देखा परेको बताए । उनले अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सरकार सही बाटोमा हिनेको पनि उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।