image
image
महिला अधिकारका लागि मंगलादेवी सिंहको भूमिका अविस्मरणीय छ : उपप्रधानमन्त्री सिंह

महिला अधिकारका लागि मंगलादेवी सिंहको भूमिका अविस्मरणीय छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला संघको संस्थापक अध्यक्ष तथा महिला नेत्री स्व.मंगला देवी सिंहको शालीकमा माल्यअर्पण गरेका छन् । मंगलबार काठमाडौंको बिजुलिबजारमा मंगला देवी सिंहको १०० औं जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा उनले शालीकमा माल्यअर्पण गरेका हुन् । 

माल्यअर्पणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री सिहंले अहिले प्राप्त गरेको अधिकारहरु हजारौं महिलाहरुको योगदानबाट मात्रै सम्भव भएको बताए । बहुदलको पक्षमा मत हाल्न सक्रिय सहभागीताका लागि मंगला देवीले गरेको योगदानलाई बिर्सन नहुने उनको भनाई छ । 

उनले भने,‘हामीले जुन प्राप्त गरेको अधिकारहरु छन्,यी हजारौ महिलाहरुको योगदानले गर्दा प्राप्त गर्न सकेका छौं । उहाँलाई सम्झनुपर्दा खासगरेर उहाँ नेपाली महिलाहरुलाई स्वतन्त्रता र यो अधिकारको लागि ७५ जिल्लामा नै महिलालाई संगठीत गरेर बहुदलको पक्षमा मत हाल्न सक्रिय सहभागीताका लागि उहाँले गर्नुभएको योगदान हामीले बिर्सनु हुँदैन् ।’साथै उनले मंगला देवीले महिलाहरुलाई मतदानको अधिकार दिलाउन महत्वपूर्ण योगदान पु¥याएको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।