image
image
सुदूरपश्चिमले रोयल्सले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

सुदूरपश्चिमले रोयल्सले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य


काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो । सुदूरपश्चिमका लागि सैफ जैबले ९० रनको योगदान गरे । 

उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो । यसअघि उनी काठमाडौं गुर्खाजविरुद्ध ११ र विराटनगर किंग्सविरुद्ध १४ रनमा आउट भएका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ब्राण्डन म्याकमुलनले २३ रन बनाउँदा विनोद भण्डारीले १७ रनको योगदान गरे । आरिफ शेख भने शून्य रनमा आउट भए । लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।