image
image
आज युरोप प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा

आज युरोप प्रस्थान गर्दै परराष्ट्रमन्त्री राणा


काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा शनिबार युरोप जाँदैछिन् । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री राणाले सुरुमा नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्नेछिन् । 

डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ । उक्त सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म नेदरल्यान्ड्सको हेगमा भइरहेको छ । सो कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जाने बताइएको छ ।
 
उनले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र युरोपियन युनियन ९ईयू०का उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी डिसेम्बर २० मा स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।