image
image
एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा जनकपुर र पोखरा भिड्दै

एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा जनकपुर र पोखरा भिड्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । आजको पहिला खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुँनेछ ।

जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् । जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । 

यस्तै, आजको दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउसो १ बजे सुरु हुनेछ । काठमाडौंले यसअघि दुई खेल खेलेको थियो तर एउटा खेलमा मात्र जित हासिल गरेको थियो । 

सुदूरपश्चिमले पहिलो खेलमा नै जित हासिल गर्न सफल भएको थियो । काठमाडौं गुर्खाजको नेतृत्व करन केसीले गरेका छन् भने सुदूरपश्चिम रोयल्सको कप्तान दिपेन्द्र सिंह ऐर रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।