image
image
स्थानीय तह उपनिर्वाचन: हेटौंडा–१२ का वडाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी

स्थानीय तह उपनिर्वाचन: हेटौंडा–१२ का वडाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी


काठमाडौं ।  मकवानपुरको हेटौंडा–१२ मा भएको स्थानीय तहको उपनिर्वाचन अन्तरगत वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् ।उनी २ हजार ६३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

 उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मेदवार राजेश नगरकोटीले १ हजार ३ सय ९८ मत प्राप्त गरेका थिए । 

यस अघि यो वडा नेकपा माओवादी केन्द्रले जितेको थियो । माओवादीबाट वडाध्यक्ष जितेका ललित घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त भएको पदमा निर्वाचन भएको हो । कुल ८ हजार ५३ मत रहेको वडामा ५ हजार ४ सय ८६ मत खसेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।