image
image
काठमाडौमा सुरु भयो हर्टिकल्चर सम्मेलन, गुणस्तरीय बीउ उत्पादनमा जोड

काठमाडौमा सुरु भयो हर्टिकल्चर सम्मेलन, गुणस्तरीय बीउ उत्पादनमा जोड

काठमाडौं । १५ औं राष्ट्रिय हर्टिकल्चर सम्मेलन काठमाडौमा सुरु भएको छ । नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको सम्मेलनको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरे ।

मन्त्री अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गरि वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरुको भूमिका महत्वपूर्ण हुने बताए । सबै कृषिजन्य बालीहरुको उत्पादनको आधारभुत स्रोत बिउ नै भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

आलु तथा मसालाबाली क्षेत्रको विकासको लागि सरकारी तथा गैरसरकारी निकायहरुका साथै निजी क्षेत्रको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको मन्त्री अधिकारीले उल्लेख गरे ।

नेपालका  रैथाने बीउ बिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बीउ विजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिए ।

पछिल्लो समय सरकारी स्तरका बीउ उत्पादन गर्ने फार्महरुको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी बिउको बढ्दो आयात रोक्न  मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अगाडि बढेको पनि उल्लेख गरे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरु,बिज्ञ, तरकारी बिउ उत्पादकहरु र कृषकहरुको  सहभागिता  छ । सम्मेलनमा आलु, मसलावाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मुल्य श्रृङ्खला, जलबायु परिवर्तन, जैविक विविधता, बीउ सम्बन्धी कानुनहरुका बारेमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।