image
image
काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति गर्नु हुँदैन : उपपधानमन्त्री सिंह

काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति गर्नु हुँदैन : उपपधानमन्त्री सिंह


काठमाडौं  । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बताएका छन् ।आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौं ? भन्दै प्रश्न समेत गरे । 

उनले भने,‘फोहोर मैलामा राजनीतिकरण गरेर त भएन नि । हामीले देशको राजधानीकै फोहोरमैला व्यवस्थापन गर्न नसक्ने हामीले अरु के कुरा व्यवस्थित गर्न सकौंला त ? प्रश्न आउँछ नि ,यो फोहोरमैलाको सवालमा विधिको शासनअनुसार हामी सबै चल्नुपर्दछ । चाहे सङ्घीय सरकार होस् वा प्रादेशिक सरकार होस् वा स्थनीय सरकार नै किन नहोस् विधिको शासनअनुसार त मान्नु प¥यो नि ,प्रक्रिया अनुसार हामी जान्छौं ।’

उनले फोहोर व्यवस्थापनको विषयमा हुने छलफलको मात्र समाचार बन्ने गरेको भन्दै अब एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला आएको धारणा राखे । उनले भने,‘काठमाडौं उपत्यकाको फोहोरमैलाको व्यवस्थापन गर्नका लागि धेरै समय चाँही गइसकेको छ । स्थानीय निर्वाचनपछि हरेक समयमा पत्रपत्रिकामा समाचार मिडियाहरुमा फोहोरमैलाको बारेमा समाचार पढ्ने गछौं । तर अब चाँही छलफल गरेको मात्र समाचार बन्ने होइन कि एक्सनमा गएको समाचार आउने गरी काम गर्ने बेला भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।