image
image
केपीए वेडिङ्ग फोटो अवार्ड २०२४ घोषणा

केपीए वेडिङ्ग फोटो अवार्ड २०२४ घोषणा


काठमाडौं । नेपालको फोटोग्राफी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले केपीए वेडिङ्ग फोटो अवार्ड २०२४ घोषणा गरिएको छ। यस एतिहाँसीक अवार्डको कार्यक्रम यही २०८१ पौष १२ गते राष्ट्रिय नाचघर जमलमा हुने काठमाडौं फोटोग्राफर संघको आधिकारिक फेसबुक मार्फत जानकारी  गराइएको छ । 

उक्त अवार्ड नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूलाई आफ्नो क्षमताको प्रदर्शन गर्न तथा नेपाली विवाह संस्कृतिको सौन्दर्यलाई विश्वमाझ चिनाउन महत्वपूर्ण प्लेटफर्म बन्नेछ। अवार्डमा नेपालभरका फोटोग्राफरहरूले आफुले खिचेका विवाहका उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन्। 

सहभागीहरूलाई अनलाइन मतदान र विज्ञहरुको निर्णायक मण्डलबाट मूल्यांकन गरिनेछ। फोटोग्राफीमा रुचि राख्ने जुनसुकै उमेरका नेपाली फोटोग्राफरहरूले सहभागी हुन पाउनेछन्। आयोजक संस्थाले चाँडै नै आवेदन मिति, अनलाइन प्लेटफर्म  र मूल्यांकन मापदण्डको विवरण सार्वजनिक गर्ने कार्यक्रम संयोजक आनन्द प्रभाकर घिमिरेले जानकारी दिएका छन् ।

यस कार्यक्रमको मुख्य उद्देश्य नेपालका विवाह परम्पराको कला संस्कृति र सौन्दर्यलाई प्रोत्साहन गर्नुको साथै नेपाली फोटोग्राफरहरू सम्मानीत गर्ने रहेको छ ।  हाम्रो संस्कृतिलाई फोटोग्राफीको माध्यमबाट नयाँ उचाइमा पुर्‍याउन यो अवार्ड विशेष भूमिका खेल्ने काठमाडौं फोटोग्राफर संधका अध्यक्ष हरि प्रसाद घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।