हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्छौं: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पुर्जालगायतका दश नेपाली आरोहीलाई बधाई दिएका छन । यसका अलावा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई औपचारिक जानकारी गराए सकेजति सहयोग गर्ने बताए ।
उनले माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको भन्दै आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट बिशेष पुरस्कारसहित सम्मान गर्ने बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमको आगामी दिनमा राज्य बेखबर नहुने बताए । वर्तमानसँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उनको भनाइ छ ।
माउन्ट केटुको सफल आरोहण गरी नेपालको नाम विश्वसामु राखेका आरोही निर्मल पुर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने सन्देश दिएको बताएका छन । १० जनाको समूहको नेपाली आरोहीले माघ ३ गते माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए। आरोही टोली मंगलबार नेपाल फर्किएको हो ।