image
image
पूर्वसभामुख ढुंगानाको निधनमा शोक मनाउने निर्णय, आज सार्वजनिक बिदा

पूर्वसभामुख ढुंगानाको निधनमा शोक मनाउने निर्णय, आज सार्वजनिक बिदा

काठमाडौं ।सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक  बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङले जानकारी दिए । 

यस्तै उनले आज सरकारी कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरेको जानकारी दिए । उनले भने,‘सरकारले प्रतिनिधिसभाका पूर्व सभामुुख दमननाथ ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली  तथा परिवारमा समवेदना व्यक्त गरेको छ । 

 आज उहाँको  राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुन्छ । उहाँको निधनमा शोक जनाउँन आज मंसिर ३ गते सार्वजनिक बिदा दिने उक्त दिन नेपालभरका र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने पनि निर्णय भएको छ ।’कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।