image
image
स्थानीय तह उपनिर्वाचनः उम्मेदवारको विरोधमा आज  उजुरी दिन सकिने

स्थानीय तह उपनिर्वाचनः उम्मेदवारको विरोधमा आज  उजुरी दिन सकिने


काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगले उम्मेदवारमाथि उजुरी दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ। सोमबार नै अपराह्न ३ बजेपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ । यही मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ।

जसका लागि आइतबार विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोनयन पत्र दर्ता भएको छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।