image
image
इतिहास रच्दै विश्वकपमा नेपाली यू-१९ टोली, खेलाडीलाई जनही २.५ लाखको पुरस्कार

इतिहास रच्दै विश्वकपमा नेपाली यू-१९ टोली, खेलाडीलाई जनही २.५ लाखको पुरस्कार

 काठमाडौँ । आइसिसी यू–१९ महिला विश्वकपमा स्थान बनाएका नेपाली महिला क्रिकेट टोलीका खेलाडीले जनही दुई लाख ५० हजार पाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एसिया छनोट च्याम्पियन टिम र अफिसियललाई पुरस्कृत गर्ने घोषणा गरेको हो। क्यानका अनुसार खेलाडीले २ लाख ५० हजार तथा अफिसियलले एक लाख ५० हजार पाउनेछन्।

नेपालले बुधबार युएईलाई ८ विकेटले हराउँदै नेट रनरेटका आधारमा शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान बनाएको थियो। दोस्रो संस्करणको विश्वकपको लागि नेपाल पहिलोपटक छनोट भएको हो।

नेपालले विश्वकपमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्नेछ। त्यसअघि मलेसियामै यू–१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।