image
image
कृषिमन्त्री अधिकारी र मेक्सिकोका कृषिमन्त्री बर्डेगाबीच भेटवार्ता

कृषिमन्त्री अधिकारी र मेक्सिकोका कृषिमन्त्री बर्डेगाबीच भेटवार्ता


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र मेक्सिको सरकारका कृषि तथा ग्रामीण विकासमन्त्री जुलियो बर्डेगाबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र सिमिटका महानिर्देशकको निमन्त्रणामा सिमिटका क्रियाकलाप अवलोकन तथा सिमिट र नेपाल सरकारबीच दिगो रुपमा मकै र गहुँमा आधारित बाली प्रणाली सुधार गर्न सम्भावित सहकार्यबारे छलफल गर्ने उद्देश्यका साथ नेपाली प्रतिनिधिमण्डलसहित मेक्सिकोमा रहेका मन्त्री अधिकारी र मेक्सिकोका मन्त्रीबीच भेट भएको हो ।

त्यस अवसरमा मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।

दुई देशबीचको चार दशक लामो सम्बन्ध द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा विश्वास, समझदारी र सहयोगद्वारा प्रतिविम्बित भएको उल्लेख गर्दै मन्त्री अधिकारीले नेपाल सरकारले गहुँ र मकै जस्ता आधारभूत खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने र औद्योगिक आवश्यकताका लागि यस्ता उत्पादनको माग पूरा गर्नेतर्फ काम गरिरहेको उल्लेख गरे ।

नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशक र यसका लागि द्विपक्षीय सहयोगलगायत विभिन्न क्षेत्रबाट कृषि क्षेत्रका लागि लगानी खोजी गरिरहेको जानकारी दिँदै मन्त्री अधिकारीले कृषिको क्षेत्रमा दुई देशबीचको सम्भावित सहयोग, सिमिटको नेतृत्वमा नेपालमा ‘मास एग्रो मोडल’ कार्यान्वयन र कृषि क्षेत्रमा सहकार्य बढाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।