सहकारी ठगी प्रकरणः रुपन्देहीमा रवि लामिछानेको बयान आज पनि
काठमाडौं ।बुटवलको सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि हुने भएको छ । हिजो दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म प्रारम्भिक सोधपुछ गरिएको र आज बिहान १० बजे पुनः बयान लिइने बताइएको छ ।
संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सुप्रिम सहकारीबाट लामिछाने र छविलाल जोशीको नाममा क्रमशः १ करोड ९६ लाख र २ करोड ५० लाख रुपैयाँ गोर्खा मिडियामा आएको छ । यस प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ थुनामा छन् भने ६ जना धरौटीमा रिहा भएका छन् ।









