image
image
समय परिवर्तन भए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना परिवर्तन हुदैँन् : मन्त्री  सिंह

समय परिवर्तन भए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना परिवर्तन हुदैँन् : मन्त्री  सिंह

काठमाडौं । उपप्रधान एवं शहरी मन्त्री प्रकाशमान सिंहले शंखधर साख्वाले सबैलाई समाजमा सहयोग गर्नुपर्छ भन्ने भावना सिकाएको बताएका छन् । सोमबार राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले शंखधर साख्वाले सबै जनतालाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गरेको सम्झना गर्दै उनीबाट हामी सबैलाई सहयोगी भावना सिक्नु पर्ने बताए ।  

उनले भने, ‘शंखधर साख्वाले सबैलाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गर्नु भएको थियो । यो समय परिवर्तन हुदैँ गए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना कहि परिवर्तन हुदैँन् । समाज, दाजुभाई दिदिबहिनी, समुदायमा कसैलाई दुख पर्यो भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना उहाँले सिकाउनु भएको छ । त्यो भावना हामीसँग अहिलेको वर्तमान अवस्थामा पनि अझै बढ्दै गएको छ ।’ 

यस्तै, उनले शंखधर साख्वालाई मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय विभूति घोषणा गरेको भन्दै त्यो मन्त्रिपरिषद्को बैठकमा आफू पनि सामेल हुन पाउदा खुसि लागेको बताए । संस्कृती, परम्परा र भाषाको संरक्षण गर्नको लागि जति सक्दो प्रयास गर्ने पनि उनको भनाई छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।