image
image
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर:  नेपालको विजयी शुरुवात

महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर:  नेपालको विजयी शुरुवात

काठमाडौं । महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालले विजयी शुरुवात गरेको छ । २०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १०३ रनको लक्ष्य पछाएको थाइल्याण्डले १३.४ ओभरमा अल आउट हुदै केवल ३५ रन बनाएको थियो ।

नेपालले अब दोस्रो खेल विहिबार कुवेतसँग खेल्ने छ भने शनिबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै आइतबार फेरी थाइल्याण्डसँग, मंगलबार कुवेतसँग र बुधबार युएईविरुद्ध खेल्ने छ ।

विश्वकप क्वालिफायर खेल्ने नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), अलिशा यादव (विकेटकिपर), मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, त्रिशना बिक, रिया शर्मा, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी र रचना चौधरी रहेका छन् ।

क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ । चार देशले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।