image
image
एसोसिएट स्टार मुस्तफा रोयल्समा अनुबन्धित

एसोसिएट स्टार मुस्तफा रोयल्समा अनुबन्धित


काठमाडौं । एसोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आउनुभएका रोहनले नेपालमा सम्पन्न विभिन्न प्रतियोगितामा सफलता हात पार्दै समर्थकमाझ पनि प्रिय छन् । नेपाल र यूएई अन्तर्राष्ट्रिय क्रिकेटमा आमने–सामने हुँदापनि उनले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

यूएईको कप्तान समेत रहेका ३६ वर्षीय रोहनले ओडीआई र टि२०आईमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका छन् । बायाँ हाते ब्याटर उनले ५८ टि२०आई मा १ हजार माथि रन जोड्नुका साथै २१ को औसतमा ६१ विकेट पनि लिएका छन् । अफ स्पिनर उनको ७ रन प्रति ओभर भन्दा कमको इकोनोमी रहेको छ ।

एकै ओडीआईमा शतक प्रहार गर्नुका साथै ५ विकेट लिने दुर्लभ कीर्तिमान पनि उनको नाममा छ । आइसीसीबाट टि२० मान्यता पाएको यूएईको स्थानीय आईएल टि२० लिगमा डेजर्ट भाइपर्सबाट खेल्दै आएका रोहनले आबुधाबी टि१० मा बांग्ला टाइगर्सको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

रोयल्सले यसअघि विदेशी खेलाडीको रुपमा न्युजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेलेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हज प्रमुख मेन्टरमा छन् । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दैछ । रोयल्सले कार्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदुरपश्चिम हिरोज छनोट गर्नेछ । छनोट कार्यक्रम धनगढीमा हुनेछ । आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्ने छन् । छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ । टोलीमा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।