image
image
ओली सरकारले सय दिनमा परिणाममुखी काम गरेको छ : सभापति देउवा

ओली सरकारले सय दिनमा परिणाममुखी काम गरेको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सय दिनमा राम्रो काम गरेको बताएका छन् । शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

उनले भने, ‘सय दिन बल्ल पुगेको छ ओली जीको प्रधानमन्त्री कार्यकालको । यहाँ मात्र होईन जहाँ पनि सय दिनको कामको सम्बन्धमा आलोचना प्रत्यारोचना सबै हुन्छ । हाम्रो समग्र सरकार छ । हामी सरकार भएको कारण मैले उहाँलाई भनेको होईन साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ । अझै यस्तै राम्रो काम गर्नुहुने छ ।  प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक कुरा हो । अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छ्न । त्यो आलोचनाहरु पनि तथ्यपरक भएर सरकारले ध्यान दिने छ । म पनि ओली जी लाई प्रोत्साहन गर्ने छु । ’

साथै उनले यो देश ठूला दुई देशको बिचमा रहेकाले प्रधानमन्त्री ओलीले सबै कुरा ध्यानमा राखेर हरेक क्रियाकलापहरू गर्न सक्षम हुने बताए । साथै उनले आलोचनालाई पनि गम्भिरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।