image
image
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले १२ वटा  निर्णय सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार निर्णय सार्वजनिक गरेको हो । सार्वजनिक बुँदाहरुमा सरकारले नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद २ महिना थप गरेको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत असारमा नेपाल संस्कृत विश्वविद्यालयका नाममा विभिन्न ठाउँमा रहेका जग्गा खोज्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

उक्त समितिको म्याद २ महिना थप गरिएको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराएका हुन् । मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङं) निवारण नियमावली, २०८१ स्वीकृत गरेको छ भने विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।