image
image
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन

देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताएका छन् । बुधबार धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख शाहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरु र उद्योगहरु कसरी डुब्छन् भन्ने कुराको उदाहरण सिंहदरबारको वैद्यखाना भएको बताएका हुन् । 

उनले  भने, ‘यो देश किन डुबेको भन्ने अहिलेका साना विद्यार्थीहरु, बाबुनानीहरु तथा अध्यन गर्ने अभियन्ताहरुले सबैले यो देश किन डुबेको हेर्न मन छ भने सिंहदरबारको वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ यो  देश किन डुबेको भन्ने कुरा । यो  देशमा के समस्या छ रु यो  देशको विभिन्न उत्पादन गर्ने सरकारी फ्याक्ट्रीहरु, सरकारले चलाएका विभिन्न उद्योगहरु कसरी डुब्छन् भन्ने कुरा वैद्यखाना आएर हेर्दा राम्रोसँग थाहा हुन्छ ।’सिंहदरबारमा रहेको वैद्यखानामा औषधी नभइ भवनहरुमा रहेको उनको भनाइ छ । 

त्यस्तै, उनले वैद्यखानाको एमडी सरकार परिवर्तन भए मात्र नभई ५० हजारमा पनि परिवर्तन हुने गरेको बताए । त्यस्तै मेयर शाहले सिंहदरबारको वैद्यखाना र  आयुर्वेदलाई जोगाउन नसक्ने नेतृत्वले यो देशलाई कसरी जोगाउन सक्छ भन्दै प्रश्न गरे ।  देशलाई कसरी जोगाउन सकिने भन्दै प्रश्न गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।