image
image
राजनीतिक करिअरका लागि साउथ स्टार थलापति विजयले छाडे फिल्म क्षेत्र

राजनीतिक करिअरका लागि साउथ स्टार थलापति विजयले छाडे फिल्म क्षेत्र

काठमाडौं । साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा पहिल्यै गरेका हुन् । आइतबार बेलुका र्‍यालीलाई सम्बोधन गर्दै फिल्म करिअर उत्कर्षमा पुगेको बेला राजनीतिमा सहभागी हुने घोषणा गर्नुपर्नाको कारणबारे बताए ।

राजनीतिमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुअघि उनले आफ्ना पछिल्ला केही फिल्मको सुटिङ गरिरहेको हल्ला थियो । तर उनले राजनीतिक करिअरका लागि फिल्म क्षेत्र छाडेको पुष्टि गरेका छन् । अभिनेताले आइतबार आफ्नो पहिलो र्‍यालीमा फ्यानसँग पनि कुरा गरे ।

विजयले तमिलनाडुमा फ्यानसँग कुरा गर्दै भने, ‘मैले करिअरको शिखरमा आइपुगेर फिल्मलाई लात हानें र आफ्नो पारिश्रमिकलाई पनि लात मारें । म यहाँहरु सबैको विश्वास लिएर तपाईंको विजयको रुपमा आएको हुँ ।’गत सेप्टेम्बर सार्वजनिक एक रिपोर्टमा विजयलाई धेरै कमाउने भारतीय अभिनेताको रुपमा चित्रण गरिएको थियो ।

इ(टाइम्ससहित केही भारतीय सञ्चारमाध्यमका अनुसार थलापति विजयले आगामी फिल्म ‘थलापति ६९’ को लागि २७५ करोड भारु पारिश्रमिक लिएका छन् । विजयले तमिल फिल्ममा आफ्नो प्रवेशको बारेमा पनि कुरा गरे । उनले भने, ‘मेरो सिनेमा करिअरको सुरुमा मलाई मेरो अनुहार राम्रो छैन, म राम्रो देखिन्न, मेरो कपाल र मेरो चाल पनि राम्रो थिएन भनेर भनिएको थियो । उनीहरुले मलाई यसरी लज्जित तुल्याए ।’

यस्ता आलोचनाले आफूलाई असर गर्न नदिने उनले बताए । विजयले आफ्नो छाप बनाउन र सबैलाई गलत साबित गर्न कडा मेहनत गरेको बताए । विजय तीन दशकभन्दा बढी समयदेखि फिल्म उद्योगमा सक्रिय छन् । उनले बाल कलाकारको रुपमा वेत्री, कुटुम्बम्, वसन्त रागम र सत्तम ओरु विलायट्टु जस्ता फिल्ममा अभिनय गरे ।

उनले सन् १९९२ मा ‘नालैया थेरपु’बाट डेब्यु गरेका थिए । उनले नेन्जिनिले, मिनसारा कन्ना, गिल्ली, शिवकासी, पोक्किरी, अझागिया तमिल मगन र कुरुवी लगायत ६८ वटा फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो रिलिज फिल्म ‘ग्रेटेस्ट अफ अल टाइम (गोट)  हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।