image
image
विश्वकप लिग–टूः आज स्कटल्याण्ड र नेपालबीच प्रतिस्पर्धा हुँदै

विश्वकप लिग–टूः आज स्कटल्याण्ड र नेपालबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आइसिसी विश्वकप लिग टूमा मंगलबार नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रेरी रंगशामा हुने खेल आज साँझ सवा ९ बजेदेखि सुरु हुनेछ । नेपालले आज खेल्न लागेको लिग–२ को दसौं खेल हो । अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ । 

नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता लिग–२ को खेलमा नेपाल जितबिहीन छ । लिग–२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ । अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो । 

स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ । यसअघि अघिल्लो वर्ष लिग–२ कै त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु मैदानमा स्कटल्याण्डलाई दुवै खेलमा पराजित गरेको थियो । अमेरिकामै लिग–२ खेल्नुअघि नेपालले घरेलु टोलीसँग टी–२० सिरिज खेलेको थियो। त्यतिबेला नेपालले सिरिज क्लिन स्विप गरेको थियो। लिग–२को खेलमा भने नेपाल २ विकेटले पराजित हुन पुगेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।