image
image
खानेपानीमन्त्री यादवलाई मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै सम्मान

खानेपानीमन्त्री यादवलाई मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै सम्मान


काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै सम्मान गरिएको छ । मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उनले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा स्वागत तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१ को आयोजना गरी सम्मान गरेको हो ।

सोही कार्यक्रमलाई सम्बाधेन गर्दै मन्त्री यादवले काठमाडौं उपत्यकावासीका लागि बाह्रै महिना शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आफू पूर्ण प्रतिबद्ध रहेका बताए । मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको बताए । 

उनले भने, ‘मानीसलाई पानी नभइ नहुने चिज हो, पानी बिना बाँच्न सकिदैन, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कमद चाल्छौँ ।’ काठमाडौँ उपत्यकामा हेलम्बुवासी, नागरिक समाज एवं जनप्रतिनिधीहरुको साथ र सहयोगका कारण यसवर्ष समयमै मेलम्चीको पानी ल्याउन सफल भएको बताउँदै उनले सम्पूर्ण मेलम्चीवासीलाई धन्यवाद समेत व्यक्त गरे । उपत्यकावासीहरुको साथ र सहयोगमा पानीको समस्या समाधान गर्न सकिने समेत मन्त्री यादवले बताए ।

उनले भने, ‘मलाई गरिएको सम्मानले नागरिकका अपेक्षाहरू पूरा गर्न थप ऊर्जा दिएको छ । निरन्तर गुणस्तरीय सेवा गर्दै मेलम्ची परियोजनालाई प्रभावकारी बनाउने यात्रा जारी रहनेछ । सहयोग र सुझावका लागि सबैलाई धन्यवाद छ ।’दक्षिणकालीका नागरिक, मेलम्चीवासीहरुसँग हात जोडेर आफूले काठमाडौँ उपत्यकामा पानी ल्याउन सफल भएको बताउँदै मन्त्री यादवले सरकारले नागरिकका गुनासा र मागलाई सम्बोधन गर्नुपर्ने बताए । यसैगरी मन्त्री यादवले खानेपानी मन्त्रालय नागरिकका समस्या र गुनासाहरु सम्बोधन गर्नका लागि सधै अग्रसर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।