image
image
यस्ता छन् मन्त्री सुडीले सार्वजनिक गरेका एकसय दिनका उपलब्धि

यस्ता छन् मन्त्री सुडीले सार्वजनिक गरेका एकसय दिनका उपलब्धि

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले एकस दिन अवधिमा गरेका कार्य विवरण सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री सुडीले एकस दिनको अवधिमा आफूले गरेको काम सार्वजनिक गरेका हुन् । 

कार्य विवरण सार्वजनिक गर्दै मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएका ७७ जना महिलालाई स्वदेश फिर्ता गरि पारिवारिक पुर्नमिलन गराएको बताए । 

उनले भने,‘मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएका ७७ जना महिलाको स्वदेश फिर्ता पारिवारिक पुर्नमिलन तथा पुर्नस्थापना गरिएको छ ।’

त्यस्तै उनले बालबालिका सम्बन्धि ऐन २०७५ संशोधनको लागि मस्यौदा तयार तयारीको चरणमा रहेको जानकारी गराए । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ संशोधन विधेयक मस्यौदा मन्त्रीपरिषद्मा पेस गरिएको उनको भनाई छ । 

उनले भने,‘बालबालिका सम्बन्धि ऐन २०७५ संशोधनको लागि मस्यौदा तयार तयारीको चरणमा छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ संसोधन विधेयक मस्यौदा मन्त्रीपरिषद्मा पेस गरिएको छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।