image
image
एल क्लासिको भिडन्तः घरेलु मैदानमै रियल स्तब्ध

एल क्लासिको भिडन्तः घरेलु मैदानमै रियल स्तब्ध

काठमाडौं । स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले शानदार जीत दर्ता गरेको छ । आइतबार विहान सकिएको खेलमा बार्सिलोनाले चिरपरिचत प्रतिद्वन्द्वी रियल मड्रिडमाथि ४–० एकतर्फी जीत दर्ता गरेको हो ।

लामो समयदेखि लिगमा अपराजित रहेको रियल मड्रिडले अन्ततः आफ्नो पहिलो ला लिगाको हार एल क्लासिकोमा भोग्न बाध्य भयो । बार्सिलोनाले रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा ४–० को शानदार जित हात पार्दा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा लामिन यामाल र राफिन्हाले एक एक गोल गरेका थिए । 

पहिलो पटक एल क्लासिको खेलका केलियन एम्बाप्पेले गरेका २ गोल भारमार्फत रद्द भएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै ४ गोल बार्सिलोनाले दोस्रो हाफमा गरेको थियो ।

३१ औं मिनेटमा एमबाप्पेले गरेको गोल अफसाइड भएको थियो । ‘यदि एम्बाप्पेको गोलले खाता खोलेको भए, खेलको दिशा परिवर्तन हुन सक्थ्यो ।दोस्रो हाफमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने लामिन यामाल र राफिन्हाले एक एक गोल गर्दै जीत दिलाए ।

५४ औं मिनेटमा बार्सिलोनाका लागि लेवान्डोस्कीले गोलको खाता खोल्दै अग्रता दिलाए । लगत्तै ५६ औं मिनेटमा लेवान्डोस्कीले हेडरमार्फत व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै अग्रता पनि दोब्बर पारे ।

६६ औं मिनेटमा पनि एम्बाप्पेले गरेको गोल अफसाइड हुँदा रियल मड्रिड निराश भएको थियो । ७७ औं मिनेटमा लामिन यामालले गोल गरेपछि पाहुनाटोली बार्सिलोना फराकिलो जीत तर्फ अग्रसर भएको थियो । ८४ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज र शानदार जीत दर्ता गराए ।जीत पछि बार्सिलोनाले ११ खेलबाट ३० अंक बनाएर आफूलाई शीर्ष स्थानमा यथावत राखेको छ । साथै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई ६ अंकले पछि छोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।