image
image
नेपाल एयरलायन्सको बारेमा वृहत अध्ययन गरिरहेको छ : पर्यटनमन्त्री पाण्डे

नेपाल एयरलायन्सको बारेमा वृहत अध्ययन गरिरहेको छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलायन्सको बारेमा वृहत अध्ययन गरिरहेको बताएका छन् । सरकार गठनपछिका एकसय दिनमा मन्त्रालयबाट भएका प्रमुख कार्य एवम् उपलब्धिका सम्बन्धमा पर्यटन मन्त्रालयको प्रेस ब्रिफिङगर्दै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनको लागि मन्त्रालय  प्रयास गरिरहेको बताएका हुन् ।  

उनले  भने, ‘नेपाल एयरलाइन्सका सम्बन्धमा वृहत अध्ययन गरिरहेका छौं । अनौपचारिक रुपमा यसको वृहत्तर हुँदैछ । नेपाल एयरलाइन्सका सम्बन्धमा विगतमा बनेका समितिहरु, समितिले दिएका प्रतिवेदनहरु र निकालिएका निष्र्कषहरुमा देखिएका चुनौतिहरुलाई मुख्य अध्ययनको विषय बनाएका छौं । कुनै साधारण समिति बनाएका छैनौं । असाधारण तरिकाले हामी अध्ययन गरिरहेका छौं । कार्यकारी अध्यक्षलाई स्पष्टीकरण पनि सोधेका थियौं । विविध विषयहरु समेटेर स्पष्टीकरण सोधेका थियौं र जवाफ पनि प्राप्त  भइसकेको छ । हाम्रो अध्ययनको  विषय उहाँको स्पष्टिकरणको जवाफ पनि  हो ।’

साथै उनले नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र  प्रभावकारी बनाउनको लागि कानूनी, संरचनागत कमजोरी,  प्राविधिक समस्या र प्रशासनिक समस्याकोे निचोड निकालिने बताए ।उनले भने, ‘नेपाल एयरलाइन्सलाई चुस्त, व्यवस्थित र  प्रभावकारी बनाउन चाहन्छौं । कानूनी कमजोरी के हो ? नीतिगत कमजोरी के हो ?   संरचनागत कमजोरी र प्राविधिक समस्या के हो ? प्रशासनिक समस्या के हो ?  यि सम्पूर्ण कुराको निचोडमा पुगेर नेपाल एयरलायन्सलाई सुधारेरै छाड्छौं । यस्तै अवस्थामा रहन दिनेछैनौं ।’

राज्यमन्त्री अरुणकुमार चौधरीले टीकापुरमा हवाइ उडान संचालनका लागि जग्गाको व्यवस्थापन र स्थानीय सरकारसँग सहकार्यमार्फत काम अघि बढेको बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटन क्षेत्रका लागि हवाइ र सडक सुरक्षा प्रमुख हुने भएकाले त्यसको विश्वसनीयताका लागि काम गर्नुपर्ने बताए । सम्बन्धित निकायले त्यसका लागि गम्भीरताकापूर्वक काम गर्नुपर्ने औंल्याए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।