image
image
सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ  गर्यो : स्वर्णिम वाग्ले

सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ  गर्यो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले  सरकारले राजनीतिक प्रतिशोध साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएका छन् । आज बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति वाग्लेले लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए ।

उपसभापति वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको पुष्टि भएको बताएका छन् ।उनले भने –‘सरकारले मानमर्दन गर्ने, अपमान गर्ने शैलीमा सरकार प्रस्तुत भएको छ, यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ । राजनीतिक प्रतिशोधले नै पक्राउ गरेको हिजो साँझसम्मको घटनाक्रमले पुष्टि भएको छ । ’

साथै वाग्लेले न्यायलयको गरिमा र आँच पुग्ने कुरामा आफुहरुले कुनै काम नगरेको बताउदै आफुहरुको प्रश्न राजनीतिक भएको र कार्यपालिकाप्रति भएको बताए ।यसैबीच एलामिछानेलाई पोखरामा अनुसन्धानका लागि थप म्याद लिएर बयानका लागि रुपन्देही पठाउने तयारी प्रहरीले गरेको छ । यसअघि गोर्खा मिडियाका पुर्व संचालक छबिलाल जोशीलाई पनि रुपन्देही लगेर बयान लिएर पोखरा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।