image
image
आज पोखरामा अन्तिम प्रदर्शन गर्दै रास्वपा

आज पोखरामा अन्तिम प्रदर्शन गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा केन्द्रित प्रदर्शनको अन्त्य गर्ने भएको छ । सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा प्रदर्शन गरिरहेको रास्वपाले अब पोखराको प्रदर्शन रोकेर काठमाडौं केन्द्रित प्रदर्शन गर्ने जानकारी दिएको छ ।

पोखरामा विहिबार बिहान पत्रकार सम्मेलन गरेर पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने जनाएको छ । पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौं केन्द्रीत प्रदर्शन सुरु गर्ने पनि बताएको छ।

सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको रास्वपाका नेताहरुले आरोप लगाएका छन् ।रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पिडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् । उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन् । उनले सहकारी पिडितहरु आफुहरुको आन्दोलनमा सहभागी भएको दाबि गर्दै नक्कली पिडितले प्रदर्शन गरिरहेको समेत दाबि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।