image
image
बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री ओली

बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही अघि बढेको बताएका छन् । बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारवाही गरिएको बताएका हुन् ।

उनले भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारवाही अगाडि बढाउने छु । जो सुकै भए पनि सहकारी ठगलाई कानूनी कारवाही गर्ने छौं । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र  ठगी गर्नेहरुलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको छ र ल्याउँदै छ । सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानूनी कारवाही अघि बढेको छ । हालसम्म ६ सय भन्दामाथिलाई कानूनी कारवाही गरिएको छ । ५ सय ७५ भन्दा बढि त जेलमै छन् ।’

साथै, उनले सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र नभई बचतकर्ताको बचत फिर्ता गर्नको  लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने समेत बताए । उनले यसका लागि सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम अघि बढेको बताए ।उनले भने, ‘सहकारी ठगहरुलाई कारवाही मात्र गर्ने होइन बचतकर्ताको बचत फिर्ता गर्नको  लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम संगसँगै अघि बढाइँदै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।