image
image
सहकारी ठगी प्रकरणः यस्तो छ छविलाल जोशीको भैरहवा वयान, ५७ सवाल जवाफ

सहकारी ठगी प्रकरणः यस्तो छ छविलाल जोशीको भैरहवा वयान, ५७ सवाल जवाफ

काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिएको छ ।

सहकारी ठगीको आरोपमा पक्राउ परेका जोशीको रुपन्देही सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा संलग्नता रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान लिएको हो ।

सोमबार रुपन्देही ल्याई प्रारम्भिक सोधपुछ भएको थियो भने मंगलबार विहान ११ बजे देखि साढे ६ बजे सम्म बयान लिएको हो । सहकारी ठगी मुदामा ५७ वटा सवाल जवाफ गरि सरकारी कार्यालयबाट फिर्ता लगिएको जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउछ त्यो अनुसन्धान पुरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्धाको बीचमा थप वयान लिनुपर्ने देखिएकोमा थप वयान लिन सक्ने व्यवस्था पनि छ । त्यो कानुन टेकेर हामीले अवस्था हेरेर वयान लिन पनि सकिने उनले भने ।

सोमबार नै बयान नसकिएकोले उनलाइ जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखिएको थियो, आज पनि रूपन्देही नै राखिने छ बुधबार विमान मार्फत पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।

‘मंगलबार अहिलेको प्रयोजनको लागि रुपन्देहीको वयान सकिएको छ । थुनुवा फिर्ता भयो । प्रहरीले कहाँ कहा अनुसन्धान गरिरहेको छ त्यही पठाउछ ।’ जिल्ला न्यायधिवक्ता पौडेलले भने ।

‘जिल्लामा भएको जहेरीको आधारमा र संसदीय समितिको प्रतिवेदनको आधारमा उनलाई रुपन्देही ल्याइएको हो । को को लाई ल्याउनु पर्छ भन्ने बारेमा प्रहरीको अनुसन्धानबाट थाहा हुन्छ ।’ जिल्ला न्यायधिवक्ता पौडेलले भने ।

सामान्य अवस्थामा सहज रुपमा सवाल जवाफ भएको छ । हामीले वयान भन्दा अगावै सवाल जवाफ गर्न सक्ने अवस्थामा छन कि छैनन भनेर सोधेपछि मात्रै दिन सक्ने भने पछि वयान लिइएको थियो । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइएको हो । अनुसन्धान र गोपनियताको विषय भएकोले जीबी राई, रवि लामिछानेको विषयबारे कार्यालयले भने केही सार्वजनिक गरेको छैन ।

सहकारी पिडितले गरे प्रदर्शन

सहकारी ठगी आरोपमा पक्राउ परेका छविलाल जोशीलाइ बयानको लागि रूपन्देही ल्याउदा सहकारी पिडितहरुले केही बेर प्रदर्शन गरे । जोशीलाई सरकारी वकिल कार्यालय, रुपन्देहीमा ल्याएको थाहा पाएपछि पिडितहरुले शिघ्र कार्यवाहीको माग राख्दै रुपन्देही जिल्ला अदालत अगाडी प्रदर्शन गरेका हुन ।

अनुसन्धान प्रकृया चलेको २ वर्ष बढी समय भए पनि अहिले सम्म आफुहरुले गुमाएको रकम पाउन नसकेको भन्दै पिडितहरु आक्रोशित भएका थिए । मुख्य अभियुक्त भनिएका जीबी राइ, सुप्रीम सहकारीका तत्कालिन ब्यवस्थापक लगायतलाइ पक्राउ गर्न नसेकोकोले उनिहरुलाइ पनि पक्राउ गरि कार्यवाहीको माग गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।