image
image
प्रत्यारोपण केन्द्रमा पुनः आन्दोलन चर्कियो, डा.श्रेष्ठलाई तत्काल बर्खास्तको माग

प्रत्यारोपण केन्द्रमा पुनः आन्दोलन चर्कियो, डा.श्रेष्ठलाई तत्काल बर्खास्तको माग


काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनका कार्यक्रम पुनः सुरु गरेका छन् । दशैं अघि एक महिना दिनसम्म चलेको आन्दोलन दशैंपछि पुनः सुरु भएको हो ।

सोमबारदेखि सुरु भएको आन्दोलनको कार्यक्रम मंगलबार पनि जारी रह्यो । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलन मंगलबार विहान अस्पतालको गेट अगाडि प्रदर्शन गरिएको छ ।

अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग गरिएको छ । मंगलबारको प्रदर्शनमा स्थानीय संघ संस्था एवम गुठी समूह, नागरिक समाजका अगुवा, विद्यार्थी साथै अस्पतालकै कर्मचारीहरु पनि प्रदर्शनमा उत्रिएका थिए । 

गेट अगाडि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका स्थानीयले दशैंअघि स्वास्थ्य मन्त्री प्रदिप पौडेललाई भेटेर विभिन्न चरणमा ज्ञापन पत्र एवम ध्यानाकर्षण पत्र बुझाउँदै अस्पतालका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठलाई तत्काल बर्खास्तको माग गरेका थिए ।

दशैं अघि असोज ४ गते आन्दोलनकारीका तर्फबाट विष्णुकुमार पौड्याल, चन्द्रलाल सुवाललगायतले स्वास्थ्यमन्त्रीलाई भेटेर कार्यकारी निर्देशक डा।श्रेष्ठ मानव 
अंग तस्करीमा संलग्न भएको र अस्पतालमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तत्काल बर्खास्तको लिखित माग राखेका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर ध्यानाकर्षण पत्र पनि बुझाएका थिए । सम्बन्धित निकायमा ध्यानकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि पुनः आन्दोलन सुरु गरिएको आन्दोलनकारी रामबाबु राईले जानकारी दिए । 

प्रधानमन्त्रीसमक्ष अस्पतालभित्रको बेथितिबारे सुनाइसकेका छौं । कार्यकारी निर्देशकको गैरजिम्मेवारीपूर्ण कामको फेहरिस्त प्रधानमन्त्रीलाई जानकारी गराइरहेका छौं । चाँडै प्रधानमन्त्रीले नै एक्सनमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’उनले भने । 

नागरिक समाजका अगुवा राजेन्द्र पुरी भन्छन्,‘कोही व्यक्तिप्रति हाम्रो केही स्वार्थ छैन् । अस्पतालभित्रको बेथितिको अन्त्यहोस भन्ने मात्र हो । भएका उपकरण प्रयोगमा ल्याइयोस र किड्नी मात्र होइन मुटु, फोक्सो, कलेजो सबैको उपचार सुविधा प्रदान गरियोस ।’

विगत लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भएपनि हाल मुटु सम्बन्धी उपचार नभइरहेको र दैनिक दुईदेखि चारजना नागरिकको मृत्यु अस्पतालकै सेरोफेरोमा भइरहँदा पनि अस्पताल व्यवस्थापन र नेतृत्वमाथि गम्भीर प्रश्न उठेको उनले बताए । उपकरण थन्क्याएर राख्नुको पछाडि भ्रष्टाचारको आशंका गरिन्छ र कार्यकारी प्रमुख नियुक्तिमा पनि ठूलै चलखेल भएको देखिन्छ,’पुरीले भने ।

उनले अस्पतालमा किड्नीको मात्र प्रत्यारोपण भइरहेको तर मानव अंगका अन्य शिर्षकमा आइरहेको बजेटमा अनियमितता भइरहेको आशंका व्यक्त गरे ।
अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुशी गरेको आन्दोलनकारीको भनाइ छ ।

आन्दोलनकारीहरुले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही गर, गैर कानुनी तरिकाले बर्खास्त चिकित्सकहरुलाई अविलम्ब पुनःबहाली गर, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरुलाई तुरुन्तै सुचारु गरी व्यवस्थित गर, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द गर, कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गरलगायतको व्यानर बोकेर प्रदर्शन गरेका थिए ।

त्यस्तै तेस्रो कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका डा।श्रेष्ठको नियुक्ति, कार्यशैली र गतिविधिमाथि पनि स्थानीयले आशंका व्यक्त गर्दै आइरहेका छन् । ६० वर्ष उमेरहद नाघिसक्दापनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका ड।श्रेष्ठको कायैशैली र हठविरुद्ध स्थानीयले यसअघि पनि आन्दोलन गर्दै आएका थिए ।

कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत् संशोधन गर्दै चार वर्षका लागि नियुक्ति हुँदा उमेर हद नलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुको वृत्तिविकासमा असर परेको भन्दै असन्तुष्टि पनि बढेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।