image
image
पशुपति गौशाला धर्मशाला विवादः अध्ययन गर्न ६ सदस्यीय समिति गठन

पशुपति गौशाला धर्मशाला विवादः अध्ययन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौं । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको छ । सोमबार साँझ मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको जानकारी दिएको हो । 

अध्ययन समितिका अन्य सदस्यहरुमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहने बताइएको छ । 

समितिले गौशाला धर्मशाला स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, धर्मशालाको आयव्ययको विवरण, लेखा परीक्षण अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्था अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।

अदालतबाट विभिन्न समयमा भएको आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन, विभिन्न समयमा गठन भएका समितिको प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोषका निर्णय अध्ययन गर्ने जिम्मा समितिलाई दिइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।