image
image
योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गरिन्छ : प्रधानन्यायाधीश राउत

योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा न्यायाधीश नियुक्ति गरिन्छ : प्रधानन्यायाधीश राउत


काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता र वस्तुनिष्ठ मूल्याङ्कनको आधारमा गरिने बताएका छन् ।पूर्वन्यायाधीश फोरमबाट आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रममा उनले न्यायालयका काम कारवाहीहरु पारदर्शी हुनुपर्ने बताए । 

उनले अदालतमा हुने गतिविधि र काम कारवाही के कसरी चलेका छन् भन्ने जस्ताको तस्तै सर्वसाधारण जनताले बुझ्नेगरी सम्प्रेषण गर्न संचारकर्मीलाई आग्रह समेत गरे । कार्यक्रममा पूर्वन्यायाधीश फोरम नेपालका अध्यक्ष टोपबहादुर सिंहले न्यायाधीश नियुक्ति प्रकृयामा तत्काल हस्तक्षेप गरी कानून सम्मत ढङ्गले सक्षम योग्य र इमान्दार व्यक्तिलाई न्यायाधीश नियुक्ति गर्नुपर्ने, विवादित न्याय परिषद नियमावलीमा भएका विवादहरुको उपयुक्त समाधान गरेर मात्र उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्नु पर्ने बताए ।

यस्तै राष्ट्रिय महत्व एवम् संवेदनशील विवादलाई प्राथमिकता दिइ शीघ्रातिशीघ्र मुद्दाको फैसला हुनुपर्ने पनि बताए । कार्यक्रममा पूर्व न्यायाधीश फोरमका सचिव पूर्वन्यायाधीश युवराज सुवेदीले मुद्दाको संख्या कम गर्न मेलमिलाप सम्बन्धी प्रकृयालाई सबै तहका अदालतले मेलमिलाप सम्बन्धी वातावरण बनाउनु पर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।