यूईएफए नेसन्स लिगमा जर्मनीले हंगेरीमाथि शानदार जित
काठमाडौँ । गएराति सम्पन्न खेलमा जर्मनीले हंगेरीलाई ५–० गोल अन्तरले पराजित गरेको हो। जर्मनीको जितमा निकलस फुलक्रुग, जमल मुसियाला, फ्लोरियान विर्त्ज, एल्क्सन्डार पाभ्लोभिक र काइ हार्भेट्जले एक एक गोल गरेका थिए।
गएराति नै भएको अर्को खेलमा सोही समूहमा रहेको नेदरल्याण्ड्सले बोस्निया हर्जगोबिनामा ५–२ गोल अन्तरले हरायो। यस्तै अल्वानियाले युक्रेनलाई २–१गोलले हरायो । यसैगरी ग्रिसले फिनल्याण्डलाई ३–० ले पराजित गर्यो।









