image
image
भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न मागसहित युवाहरुद्वारा बालुवाटार घेराउ

भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न मागसहित युवाहरुद्वारा बालुवाटार घेराउ

काठमाडौं । भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न मागसहित युवाहरुले बालुवाटार घेराउ गरेका छन् । शनिबार ⁠भ्रष्टाचारमा हदम्यादको कुरा स्वीकार्य नहुनेलगायत विभिन्न मागहरु राख्दै युवाहरूको समूहले बालुवाटारमा आन्दोलन गरेका हुन् । 

सोही क्रममा, नागरिक पहिलो अभियान केन्द्रीय जनपरिचालन कार्यदलको संयोजक मिलन कान्छा किरातीले देशमा वैधानिक रुपमा लुट मच्चाइ रहेको भन्दै बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई चेतावनीको रुपमा पनि घेराउ गरेको बताए । 

उनले भने, ‘अहिले देशमा वैधानिक रुपमा लुट मच्चाइएको छ । यो नागरिकले सहन सक्दैँन् । देशको विकास गर्ने हो भने भ्रष्टाचारलाई पहिलो नम्बरमा सकाउनु पर्छ र संविधानको लागि काम गर्नुपर्छ । बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई एउटा चेतावनीको रुपमा पनि घेराउ हो । बालुवाटारमा बसेर ठिक ढङ्गले काम नगर्ने हो भने खाली गर्नुपर्ने अवस्था आउँछ भनेर सचेत पनि गराउन आएका छौ ।’ 

यस्तै, उनले देशको समृद्धि र विकासको लागि सबैभन्दा पहिला भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्ने भन्दै भ्रष्टाचारलाई पनि हदम्याद राखेर वैधानिक बनाउने कुरा स्वीकार्य नभएको बताए । 

उनले भने, ‘मुठिभरका शासक र दलहरुले देशका युवाहरुलाई र जनताको अधिकारलाई खोस्नु भएको छ । खोसिएको अधिकार र देशको समृद्धि एवम विकासका लागि पहिले भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्छ । भ्रष्टाचारलाई हदम्याद राखेर वैधानिक बनाउने कोशिस भएको छ । पाँच वर्षको हदम्याद कुनै पनि हिसाबले लागू हुनुहुदैँन् । स्वीकार्य हुदैंन भन्नको लागि युवाहरु सडकमा उत्रिएका छन् ।’ 

उनीहरुले ⁠गिरिबन्धु टी स्टेट, भुटानी शरणार्थी, ललिता निवास लगायतका अनियमितताको काण्डमा अनुसन्धान गर्न तथा ⁠वित्तीय क्षेत्र, बैंक सहकारी, लघुवित्त, मिटरव्याजी पीडितहरूका समस्या तुरुन्त सम्बोधन गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।