image
image
गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्सेबीच भेटवार्ता

गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खड्सेबीच भेटवार्ता


काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेबीच भेटवार्ता भएको छ ।शनिबार गृहमन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खसेपछि भएका घाइतेको अवस्था बुझ्न काठमाडौँ आएकी भारतीय राज्यमन्त्री खडसे गृहमन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेकी हुन् ।

यसअघि दुवैले शिक्षण अस्पताल महाराजगंज पुगेर घाइतेको अवस्था बारे जानकारी लिएका थिए । सो दुर्घटनामा २७ जना भारतीय यात्रीको मृत्यु भएको थियो भने १६ जना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

भेटवार्तामा घाइतेहरुको उपचार, मृत्यु भएकाहरुको शव भारत पठाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ । बस दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टम सकिएको बताइएको छ ।मृतकहरुको शव लिन भारतीय एयरफोर्सको जहाज नेपाल आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।