image
image
महिलामाथि दुव्र्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्य : मन्त्री साह

महिलामाथि दुव्र्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्य : मन्त्री साह


काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अहिले पनि महिलामाथी दुव्र्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताएका छन् । शुक्रबार महिला समुत्थान परियोजनाको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले हाम्रो समाजमा अहिले पनि महिलाहरुले लैङ्गिक भेदभाव र घरेलु हिंसाको शिकार हुनुपरेको बताएका हुन् । 

उनले भने, ‘नेपालको संविधानले हरेक नागरिकहरुलाई स्वतन्त्रताको हक दिएको छ ।  सम्मानपूर्वक बाँच्न पाउने हक दिएको छ । महिलाकोे हक दिएको छ । महिलाहरुको हक र अधिकारको रक्षा, सम्बद्र्धन र प्रवद्र्धन गर्न राष्ट्रिय प्रयासहरु भइरहेका छन् । हाम्रो समाजमा लैङ्गिक भेदभाव, घरेलु हिंसा, दुव्र्यवहारका घटना भैइरहेका छन् । यस्तो हुनु सभ्य समाजका लागि दुर्भाग्य हो ।’

साथै उनले लैङ्गिक भेदभाव हटाउनसबै एकजुट हुन जरुरी रहेको बताए । उनले  राष्ट्र विकासको नाममा सामाजिक मुद्दाहरुमा विविधता देखिएको जिकिर गरे ।यस्तै मन्त्री सुडीले कानूनमा भएका व्यवस्था अनुसार महिला बालबालिका,ज्येष्ठ नागरिक र  अपाङ्गता भएका व्यक्तिहरुको सरकारले सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।