image
image
साफ यू–२० च्याम्पियनसिपः आज नेपाल र बंगलादेशबीच खेल हुँदै

साफ यू–२० च्याम्पियनसिपः आज नेपाल र बंगलादेशबीच खेल हुँदै

काठमाडौं । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुदै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । नेपाल र बंगलादेश समुह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् ।दुवैले आआफ्नो खेलमा श्रीलंकालाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । आजको विजेताले समुह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

त्यस्तै समुह बी मा भने भारत र भुटानले एक एक खेल जितेका छन् । भारतले भुटानलाई र भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ ।नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।