image
image
जर्मनीका गोलकिपर नेउरले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

जर्मनीका गोलकिपर नेउरले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास


काठमाडौं । जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नेउरले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।युरोकपपछि सन्यास लिने नेउर जर्मनीको चौथो खेलाडी हुन् । यसअघि अघिल्लो महिना सम्पन्न युरोकपपछि थोमस मुलर, टोनी क्रुज र इल्के गुण्डोगनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।

बुधबार एक भिडियो सन्देस जारी गर्दै नेउरले यो निर्णय गर्न आफुलाई निकै मुश्किल भएको बताउदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

उनले २०२६ को फिफा विश्वकपका लागि आफु खेल्ने विचार गरेको भएपनि आफुले यो नै सहि समय भएको ठानेर सन्यास लिएको बताएका छन् । उनले अब आफु बायर्न म्युनिखका लागि केन्द्रित हुने बताएका छन् । आफु २०२३ सम्म जर्मनीको कप्तानी गर्न पाएकोमा सम्मानित महसुस गरेको उनले बताए ।नेउर जर्मनीले २०१४ को विश्वकप जित्दाका महत्वपूर्ण सदस्य थिए । ३८ बर्षिय नेउरले जर्मनीका लागि २००९ मा डेभ्यु गरेर अहिलेसम्म १२४ खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।