image
image
गठ्ठाघर दुर्घटनाः गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

गठ्ठाघर दुर्घटनाः गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । 

‘गठ्ठाघरको दुर्घटनामा के भएको हो, दुर्घटना हुनुमा कसैको गल्ती छ कि छैन, यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि रु यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस्,’ गृहमन्त्री लेखकले भने । 

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।