image
image
वैदेशीक रोजगारीका लागि युवा पलायन बढिरहे शिक्षक पाउनै मुस्किल पर्नसक्छ : मन्त्री चौधरी

वैदेशीक रोजगारीका लागि युवा पलायन बढिरहे शिक्षक पाउनै मुस्किल पर्नसक्छ : मन्त्री चौधरी


काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मुलुकमा वैदेशीक रोजगारीका लागि युवा पलायन बढिरहे भविष्यमा शिक्षक पाउनै मुस्किल पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले ग्रासरुट लेभलमा शिक्षाको गुणस्तर सुधारमा ध्यान नदिँदा शिक्षाको स्तर खस्किदै गएको बताएका हुन् । 

आफूले चलाएका संस्थाहरुका लागि शिक्षक नपाउँदा विदेशमा शिक्षक ल्याउनुपर्ने बाध्यता रहेको चौधरीको भनार्इ छ । उनले भने, ‘यहाँ बेरोजगारी बढेर युवाहरु विदेश पलायन भयो । मैले आफूले चलाएको क्याम्पसका लागि नेपालमा शिक्षक नपाउँदा बाहिरबाट मगाउनु परेको छ । अबको दश वर्षमा नेपालमा शिक्षक भेट्टाउन मुस्किल हुन्छ । तपाई रेकर्ड राख्नुहोला अब सामूदायिक तथा आवाशीय र नीजि विद्यालयमा शिक्षक पाउन मुस्किल हुन्छ । ग्रासरुटमा शिक्षाको गुणस्तरमा ध्यान नदिदा शिक्षाको विकास हुन सकेन ।’

युवा नीतिको बारेमा युवा परिषद् र युवा तथा खेलकुद मन्त्रालयबीच छलफल भइरहेको उल्लेख गर्दै मन्त्री चौधरीले छिट्टै सार्वजनिक हुने दाबी गरे । ‘अहिले युवा परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा व्यापक रुपमा छलफल अगाडि बढेको छ । युवा नीतिमा व्यापक रुपमा ६ महिनादेखि नै छलफल भइरहेको छ ।

नीतिमा छिट्टै छलफल गरेर सरकारले ल्याउनेछ । युवा नीति चाँडोभन्दा चाँडो आउँदैछ । त्यस्तै, युवा परिषद्बाट युवाहरुलाई निब्र्याजी ऋण उपलब्ध गराउँदै आएको छ । कति युवाहरुलाई समेट्न सकिन्छ थाहा भएन । उनीहरुलाई पाँच लाख रुपैयाँ ऋण उपलब्ध गराउँछौं । मन्त्रालय अन्तर्गत नै रहेको स्वरोजगार केन्द्रबाट समेत धेरै बजेट छुट्याएका छौं । युवाहरुलाई स्वरोजगार बनाउन र ऋण उपलब्ध गराउन सहयोग गर्छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।