image
image
सहकारी छानबिन समितिः तामाङ र राईसँग गरियो सोधपुछ

सहकारी छानबिन समितिः तामाङ र राईसँग गरियो सोधपुछ

काठमाडौं । संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले शुक्रबारको बैठकमा दुईवटा संस्थाका प्रतिनिधिसँग सोधपुछ गरिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको बैठकपश्चात उनले गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङ र गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको जानकारी दिएका हुन् ।  

उनले भने, ‘आजको बैठकमा दुईवटा संस्थाका प्रतिनिधित्व गर्ने दुइजना व्यक्तिसँग सोधपुछ गरियो । त्यसमा गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङसँग सोधपुछ गरेका छौ । दोस्रो, गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमानसिंह राइसँग सोधपुछ गरेका छौ ।’ 

ऋणिहरुबाट ऋण उठाउने र ऋण असुलीका लागि सरकार, बैंक, समस्याग्रस्त व्यवस्थापन समितिले सहयोग गर्ने हो भने सहकारी अगाडि बढाउन सकिन्छ दुवैको धारणा रहेको पनि उनले जानकारी दिएका छन् । यसको साथै, लालीगुरास र गौतमश्री थप संस्थाका जिम्मेवार अध्यक्षहरुसँग सोधपुछ गर्नेक्रम जारी रहेको पनि उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।