image
image
सामुदायिक वन विकास कार्यक्रममार्फत ३३ लाख घरधुरी लाभान्वित : वनमन्त्री शाही

सामुदायिक वन विकास कार्यक्रममार्फत ३३ लाख घरधुरी लाभान्वित : वनमन्त्री शाही

 

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रममार्फत ३३ लाख घरधुरी लाभान्वित भएको बताएका छन् । शुक्रबार सामूदायिक वन दिवसको अवसर बोल्दै उनले २३ हजार बढी सामुदायिक वन र  उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र  सदुपयोग गरिरहेको बताएका हुन् ।  

उनले भने, ‘वन व्यवस्थापन प्रणाली अवलम्बन गरी स्थानीय समूदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवम व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप चार दशक पहिले सुरु भएको सामुुदायिक वन विकास कार्यक्रम नेपालको  एक महत्वपूर्ण वन कार्यक्रम हो । यसबाट हालसम्म देशभरका  २३ हजार  बढि सामुदायिक वन र उपभोक्ता समुहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र  सदुपयोग  गरिरहेका छन् । करिव  ३३ लाख घरधुरी लाभान्वित भएको कुरा जानकारीमा आएको छ ।’

साथै उनले नेपालले सामुदायिक वन व्यवस्थापन प्रणालीबाट प्राप्त गरेका उपलब्धिहरु विश्वमा नै उदाहरणीय रुपमा रहेको बताए ।  उनले वन व्यवस्थापन कार्यक्रमले हरियाली वृद्धि गर्न, वनको हस्तक्षेपमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न र  जलाधार क्षेत्रको संरक्षण गर्न ठुलो सहयोग गरेको दावी गरे ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।